images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी...

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा साेमबार प्रकाशन गरेको छ । पूरक परीक्षामा सहभागी मध्ये ५६.७८ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

    images
    images

    पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

    एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधन सहित) लागू गरेको थियो । निर्देशिका अनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ।

    images
    images

    सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्ने परीक्षार्थीलाई ग्रेडिङ गरिएको थियो ।

    परीक्षाफलकाे नतिजा IVR  र SMS मार्फत, राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट www.neb.com र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० काे वेबसाइट see.gov.np मा हेर्न सकिन्छ ।

    यसका साथै परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र बाेर्डकाे वेबसाइटबाट परीक्षार्थीकाे सिम्बाेल नम्बर र जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलाेड समेत गर्न सकिने बाेर्डले जनाएकाे छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend