images

२०८३ आश्विन १७ गते

images
images
images

कालिका पावरले एकै वर्षमा कमायो नौ करोड ८४ लाख

कालिका पावरले एकै वर्षमा कमायो नौ करोड ८४ लाख

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • कालिका पावर कम्पनी लिमिटेडको नाफा बढ्दै गएको छ। अघिल्लो वर्षभन्दा गत आर्थिक वर्ष कालिका पावरले एक करोड ३५ लाख १३ हजार ७७० रुपैयाँ नाफा गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपैयाँ नाफा गरेको कम्पनीले गत आव २०८१/८२ मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ नाफा गरेको गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १०.५४ प्रतिशत हो। यो अन्य विद्युत् आयोजनाको भन्दा राम्रो रहेको दाबी कम्पनीले गरेको छ। कम्पनीले नाफाबाट आफ्ना सेयर सदस्यलाई सात प्रतिशत बोनस सयेर दिने निर्णय गरेको छ। भरतपुरमा सोमबार भएको १८ औं वार्षिक साधारण सभाले मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। 

    images
    images

    कम्पनीको सञ्चित मुनाफा चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार ५०० रुपैयाँ छ। त्यसको सात प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ७६ हजार ४६५ रुपैयाँ बोनस सेयर दिने निर्णय भएको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। कम्पनीले घोषणा गरेको लाभांस विद्युत् नियमन आयोगबाट स्वीकृत गरेपछि सेयर धनीले पाउनेछन्। कम्पनीले कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांशसमेत दिनेछ। त्यसका लागि ३४ लाख ४० हजार ८६६ रुपैयाँ स्वीकृत भएको छ।कम्पनीले दुई वर्षदेखि बोनस सेयर भने घटाएको छ। आर्थिक वर्ष २०७९–८० सम्म १५ प्रतिशत बोनस सेयर दिँदै आएको कम्पनीले त्यसपछिका दुई वर्ष १० प्रतिशत बोनस सेयर दिँदै आएको थियो। त्यसपछि घटाएर अहिले सात प्रतिशतमा झारेको हो। 

    वार्षिक साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्न नियम संशोधनसमेत गरेको छ। संस्थाले दरौदी ग्यासियर हाइड्रोअन्तर्गतको २०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकास्थित दरौदी खोलाबाट विद्युत् उत्पादन गरेको छ।गत वर्ष मात्रै कम्पनीले तीन करोड २२ लाख ७८ हजार हजार युनिट विद्युत् उत्पादन गरेको थियो। २०७३ सालबाट विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गरेको कालिका पावरले ६ हजार किलोवाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। कालिका पावरको संस्थापक सेयर धनी पुँजी ७० प्रतिशत र सर्वसाधारण पुँजी ३० प्रतिशत रहेको छ। कम्पनीले गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी बी साना विद्युत् आयोजना र माथिल्लो दरौदी सी साना जलविद्युत् आयोजनामा ५० प्रतिशत सेयर राख्ने निर्णयसमेत गरेको छ। यी दुईवटा आयोजनाले १७८५ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend