images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • सिटिजन्स बैंकको ४.२१ प्रतिशत लाभांश...

सिटिजन्स बैंकको ४.२१ प्रतिशत लाभांश घोषणा

सिटिजन्स बैंकको ४.२१ प्रतिशत लाभांश घोषणा

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । 

    images
    images

    सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९७ लाखको ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २ करोड ९८ लाखसहित जम्मा रु ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ ६१ पैसा लाभांश स्वीकृत गरेको हो । 

    सोमबार बसेको ४६३औँ सञ्चालक समितिको बैठकले गरेको सो निर्णय अब राष्ट्र बैङ्कले स्वीकृति दिएसँगै लागू हुनेछ । २०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको बैङ्कले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend