images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारणसभा...

डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारणसभा सम्पन्न

डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारणसभा सम्पन्न

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज पुस २८ गते सोमबार चितवनको सौराहामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरी आथिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर पश्चात यस संस्थाको चुक्तापुँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।संस्था

    images
    images

    का सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारणसभामा आथिक वर्ष . २०८१/८२ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारे । साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए । संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक  र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend