images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • माघ १ गतेदेखि टिचिङ अस्पतालले...

माघ १ गतेदेखि टिचिङ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने

माघ १ गतेदेखि टिचिङ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ ।शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो।

    images
    images

    अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ । हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले दाबी गरेको छ।

    साथै अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको र अब थप घाटा व्यहोर्न नसक्ने स्पष्ट पारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend