images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको प्रभाव :...

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको प्रभाव : मेटाले हटायो साढे पाँच लाख खाता

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको प्रभाव : मेटाले हटायो साढे पाँच लाख खाता

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • सिड्नी । अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि प्रविधि क्षेत्रको दिग्गज कम्पनी मेटाले आफ्ना प्लेटफर्मबाट साढे पाँच लाखभन्दा बढी खाता बन्द गरेको छ। नयाँ कानुन कार्यान्वयनमा आएको पहिलो सातामै मेटाले इन्स्टाग्रामका ३ लाख ३० हजार, फेसबुकका १ लाख ७३ हजार र थ्रेड्सका करिब ४० हजार खाता हटाएको जानकारी दिएको छ। किशोरकिशोरीलाई सामाजिक सञ्जालको लत र हानिकारक सामग्रीबाट जोगाउन अस्ट्रेलियाले फेसबुक र इन्स्टाग्रामसहित डेढ दर्जन प्लेटफर्ममा १६ वर्षमुनिकालाई खाता खोल्न पूर्ण निषेध गरेको हो।

    images
    images

    सरकारले बालबालिकालाई डिजिटल दुनियाँका जोखिम र हानिकारक एल्गोरिदमबाट सुरक्षित राख्न यो कठोर कदम चाल्नु अनिवार्य भएको दाबी गरेको छ। यता मेटाले भने पूर्ण प्रतिबन्ध लगाउनुको सट्टा एप स्टोरकै तहमा उमेर प्रमाणीकरण गर्ने र अभिभावकको सहमति लिने जस्ता विकल्प प्रभावकारी हुने सुझाव दिएको छ। प्रतिबन्धका बाबजुद बालबालिकाले प्राविधिक छिद्र प्रयोग गरी नियम छल्न सक्ने र उनीहरू सामाजिक सम्बन्धबाट एक्लिने जोखिम रहेको भन्दै केही विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend