images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा पहिरो, ५९ अङ्कले घट्दा ५...

नेप्सेमा पहिरो, ५९ अङ्कले घट्दा ५ अर्ब कारोबार

नेप्सेमा पहिरो, ५९ अङ्कले घट्दा ५ अर्ब कारोबार

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।सोमबार नेप्से परिसूचक ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा अडिएको हो ।

    images
    images

    यस दिन बजारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।

    अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक ११.५८ अङ्कले बढेर २५८८.३५ को विन्दुमा अडिएको थियो ।यस दिन बजारमा १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको कारोबार भएको थियो ।

    images
    images

    आज एकै दिन चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले गिरावट आएको छ ।​

    गुडविल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्ट्रर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक घाटामा रहेका छन् ।

    कारोबारका आधारमा नेपाल फाइनान्स २१ करोड १३ लाख ४२ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहको छ । सोमबार १३ वटै उपसमूहहरू घटेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend