images

२०८३ आश्विन १७ गते

images
images
images

स्काईवाक टावरको कमाइ एकैवर्ष करिब २ करोडले घट्यो

स्काईवाक टावरको कमाइ एकैवर्ष करिब २ करोडले घट्यो

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । कमलादीमा रहेको स्काईवाक टावरको आम्दानी घटेको छ ।वन्डर्स नेपाल प्रालिले निर्माण गरी सञ्चालनमा ल्याएको टावरको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा घटेको हो ।सन् २०२४ मा १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२५ मा ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । जसमा कम्पनीको आम्दानी गत आर्थिक वर्षमा १ करोड ८० लाख रुपैयाँले आम्दानी घटेको हो ।

    images
    images

    सन् २०१८ मा स्थापना भएको कम्पनीले स्काईवाक टावरसँगै २६ वटा स्टोरबाट कारोबार गर्दै आएको छ । दक्षिण एसियाको सबैभन्दा अग्लो टावर २ सय ५६ फिटको छ । टावरले वार्षिक ७ लाख २० हजार पर्यटकको आगमन हुने अनुमान गरेको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । सन् २०२३ को जुनदेखि पूर्ण क्षमतामा सञ्चालन भएको स्काईवाक टावरले गत आवमा २ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend