images

२०८३ आश्विन १७ गते

images
images
images

सीजी ग्रुपको सम्राट सिमेन्ट बिक्री साढे २ गुनाले बढ्यो

सीजी ग्रुपको सम्राट सिमेन्ट बिक्री साढे २ गुनाले बढ्यो

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । चौधरी ग्रुप (सीजी)को सम्राट सिमेन्ट कम्पनीको व्यापार १४७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४७ प्रतिशतले बढेको हो ।कम्पनीले सन् २०२४ मा १ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।त्यस्तै, कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८९ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीअनुसार गत आवमा व्यापार रिबाउन्ड हुँदै गएको जनाएको छ । कम्पनीले गत आवमा उच्च सिमेन्ट बिक्री गर्दा व्यापार पनि रिबाउन्ड भएको उल्लेख गरेको छ ।

    images
    images

    कम्पनीले गत आवमा ४ लाख ३१ हजार ९ सय २८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको छ । सन् २०२४ मा २ लाख १९ हजार ७ सय ६० मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । त्यसैगरी, गत आवमा कम्पनीले ६६ हजार २ सय २६ मेट्रिक टन क्लिङ्कर बिक्री गरेको थियो । सन् २०२४ मा ९ हजार २ सय ५० मेट्रिक टन मात्रै क्लिङ्कर बिक्री गरेको थियो ।कम्पनीअनुसार गत आवमा सिमेन्टको मूल्य वृद्धि भएको जनाएको छ । गत आवमा कम्पनीले प्रतिबोरा सिमेन्टको मूल्य ४ सय ४० लाख रुपैयाँ तोकेको थियो । सन् २०२४ मा प्रतिबोरा सिमेन्टको मूल्य ३ सय ८८ रुपैयाँ तोकेको थियो । त्यस्तै, कम्पनीले गत आवमा ३४.७३ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा २१.४१ प्रतिशत नाफा कमाएको थियो ।

    सन् २०१३ मा स्थापना भएको कम्पनीले दैनिक ३ हजार ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले सन् २०२१ देखि दैनिक ४ हजार मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्पादन गर्दै आएको छ । सन् २०२१ बाट क्लिङ्कर उत्पादन सुरु गरी व्यवसायिक कारोबार सुरु गरेको उद्योग निर्माण गर्न १३ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो ।कम्पनीले पीपीसी, ओपीसी सिमेन्ट उत्पादन गरी गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियममा बिक्री वितरण गर्दै आएको छ । सीजी ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा दुई जना निर्देशक छन् । निर्वाण चौधरी र बरुण चौधरी निर्देशक रहेको कम्पनीमा ७६ प्रतिशत स्वामित्व सीजी ग्रुपको छ ।कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १३ अर्ब ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब ९३ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend