images

२०८३ आश्विन १८ गते

images
images
images

आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै

आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • दमौली (तनहुँ), २३ पुस । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजनालाई मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो ।

    images
    images

    स्वीकृत गुरुयोजना अनुसार उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय शहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको छ । 

    उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण गर्ने योजना रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । 

    images
    images

    उहाँले  गत आर्थिक वर्षमै रम्घा डाँडामा आवश्यक ‘रिटेनिङ वाल’ निर्माण तथा जग्गा अधिग्रहण काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४ सय रोपनी जग्गा प्राप्त भइसकेको छ ।

    उद्यानलाई साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अघि बढाइएको नगरप्रमुखत्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो, “गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन, अनुसन्धानका सुविधाहरू विकास गरिने अपेक्षा गरिएको छ ।”

    भाषाको माध्यमबाट जोड्ने आदिकविको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिइएको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भ अनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडी बढेका छौ ।”

    साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । नगरप्रमुख त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालिन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ । 

    रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्नु यसको उद्धेश्य रहेको छ । 

    भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार पाँच सय खर्च भएको जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend