images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • एसबिआई बैंकद्वारा बाल मन्दिरका १०७ बालबालिकालाई...

एसबिआई बैंकद्वारा बाल मन्दिरका १०७ बालबालिकालाई न्यानो सहयोग

एसबिआई बैंकद्वारा बाल मन्दिरका १०७ बालबालिकालाई न्यानो सहयोग

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौँको नक्सालस्थित नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस र वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पूरा गरी उनीहरूको समग्र विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यस किसिमको पहल गरेको जनाएको छ । 

    images
    images

    बाल मन्दिरमा आयोजित एक कार्यक्रमबिच बैंकका अध्यक्ष, श्री वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष, श्री विद्या उपाध्याय न्यौपानेलाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए ।सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, संचालक श्री रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पन्डा र प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत श्री प्रवीणमुनि बज्राचार्यसहित बैंक तथा संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो । 

    बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई समय समयमा निरन्तरता दिँदै आइरहेको जनाएको छ। विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नेपाल एसबिआई बैंकका हाल देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend