images

२०८३ आश्विन १८ गते

images
images
images

देशभर ५५ विमानस्थलमध्ये ३४ विमानस्थल सञ्चालनमा , कुन प्रदेशमा कति वटा ?

देशभर ५५ विमानस्थलमध्ये ३४ विमानस्थल सञ्चालनमा , कुन प्रदेशमा कति वटा ?

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । देशभर रहेका ५५ विमानस्थलमध्ये ३४ विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय विमानस्थल, हब विमानस्थल र अन्य आन्तरिक विमानस्थलसमेत गरी सो बराबरका एयरपोर्ट सञ्चालनमा छन् ।अन्तर्राष्ट्रिय विमानस्थलतर्फ त्रिभुवन विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालनमा छन् । त्यसबाहेक विराटनगर र नेपालगञ्जलाई हब एयरपोर्टको रूपमा विकास गरिएका छन् ।

    images
    images

    बाँकी ३९ विमानस्थल आन्तरिक विमानस्थलको रूपमा छन् । यसमध्ये कोशी प्रदेशमा १० वटा, मधेस प्रदेशमा ३ वटा, बागमती प्रदेशमा २ वटा, गण्डकी प्रदेशमा एउटा, लुम्बिनी प्रदेशमा २ वटा, कर्णाली प्रदेशमा ६ वटा र सुदूरपश्चिम प्रदेशमा ४ वटा छन् ।कोशी प्रदेशमा विराटनगर हब विमानस्थलको रूपमा रहँदा झापाको चन्द्रगढी, संखुवासभाको तुम्लिङटार, भोजपुर, इलामको फाल्गुनन्द सुकिलुम्बा, सोलुखुम्बुको लुक्ला र फाप्लु, ताप्लेजुङ, खोटाङको तामाखर्क र ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले सञ्चालनरत अवस्थामा छन् ।मधेस प्रदेशमा भने राजविराज, जनकपुर र सिमरा विमानस्थल छन् । यी सबै ट्रङ्क रुटका विमानस्थल हुन् ।

    बागमतीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमनानस्थलबाहेक चितवनको भरतपुर विमानस्थल र रामेछाप विमानस्थलमात्रै सञ्चालनमा छन् ।पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त जोमसोम विमानस्थल मात्रै सञ्चालनमा छ ।लुम्बिनीमा भैरहवा विमानस्थल तथा नेपालगञ्ज हब विमानस्थलका अतिरिक्त दाङ र गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालनमा छन् ।र्णालीमा भने सुर्खेतसहित ६ वटा विमानस्थल सञ्चालनमा छन् । जुम्ला विमानस्थल, मुगुको ताल्चा विमानस्थल, रुकुम पश्चिमको सल्ले विमानस्थल, हुम्लाको सिमीकोट विमानस्थल र डोल्पाको जुफल विमानस्थल हाल सञ्चालनमा छन् ।सुदूरपश्चिममा धनगढीका अतिरिक्त अछामको साँफेबगर, बझाङ र बाजुरामा रहेका विमानस्थलमा समेत उडान भइरहेका छन् ।

    images
    images

    २१ विमानस्थल बन्द

    अहिले विभिन्न प्रदेशका २१ विमानस्थल बन्द अवस्थामा छन् । कोशीका ४ वटा, बागमतीका ३ वटा, गण्डकीका ४ वटा, लुम्बिनीको एउटा, कर्णालीको ३ वटा र सुदूरपश्चिमको ६ वटा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् ।कोशीमा सोलुखुम्बुको काँगेलडाँडा, ओखलढुंगाको खिँजी चण्डेश्वरी, खोटाङको लामिडाँडा र सोलुखुम्बुको स्याङ्बोचे विमानस्थल अहिले सञ्चालनमा छैनन् ।बागमतीमा दोलखाको जिरी विमानस्थल, रसुवाको लाङटाङ विमानस्थल र चितवनको मेघौली विमानस्थल अहिले बन्द छन् ।

    ण्डकीमा बागलुङ विमानस्थल, बाग्लुङकै ढोरपाटन विमानस्थल र मनाङ विमानस्थल पनि अहिले बन्द अवस्थामा छन् ।लुम्बिनी प्रदेशको रोल्पा विमानस्थल उक्त प्रदेशको एक मात्र सञ्चालनमा नरहेको विमानस्थल हो ।कर्णालीमा रुकुम पश्चिमको चौरीजहारी विमानस्थल, कालीकोट विमानस्थल र डोल्पाको मासिनेचर विमानस्थल सञ्चालनमा छैनन् ।सुदूरपश्चिमको सबैभन्दा धेरै विमानस्थल अहिले बन्द छन् । बैतडी विमानस्थल, दार्चुला विमानस्थल, डोटी विमानस्थल, अछामको कमलबजार विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र कैलालीको टीकापुर विमानस्थल अहिले सञ्चालनमा नरहेको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend