images

२०८३ आश्विन २० गते

images
images
images

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको हो । कम्पनीले पुस ९ देखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६८ हजार ९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।  बिक्री अवधिभर ७० हजार ४५७ जनाले आवेदन दिएकोमा ७० हजार ४४५ जनाको आवेदन स्वीकृत भएका थिए भने बाँकी ७ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

    images
    images

    बाँडफाँडमा ६ हजार ८९६ जनाले १०÷१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येबाट १० जनाले थप १÷१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी ३८ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend