images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • चिनीको भन्सार महसुल बढाउन र तस्करी...

चिनीको भन्सार महसुल बढाउन र तस्करी रोक्न सरकारसँग उद्योगीको माग

चिनीको भन्सार महसुल बढाउन र तस्करी रोक्न सरकारसँग उद्योगीको माग

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । नेपाल चिनी उद्योग संघले स्वदेशी उद्योगलाई धरासायी हुनबाट जोगाउन चिनीको आयातमा लाग्ने भन्सार महसुल तत्काल वृद्धि गर्न सरकारसँग माग गरेको छ। खुला सिमानाबाट भइरहेको अवैध तस्करी र न्यून भन्सार दरका कारण स्वदेशी चिनीले बजार नपाउँदा उद्योगहरू संकटमा परेको संघको ठहर छ।

    images
    images

    बजारमा तस्करीको दबदबा, उद्योगमा चिनीको चाङ

    संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार नयाँ उखु क्रसिङ सिजन सुरु भइसक्दा पनि उद्योगहरूसँग अझै ३० हजार मेट्रिक टन चिनी मौज्दात छ । ‘बजारमा तस्करीको चिनी पर्याप्त मात्रामा उपलब्ध भएकाले स्वदेशी उत्पादन बिक्री हुन सकेको छैन,” अग्रवालले भन्नुभयो, “करिब ५० हजार मेट्रिक टन चिनी अवैध बाटोबाट भित्रिएको अनुमान छ।’संघले हाल कायम रहेको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरी २५ देखि ३० प्रतिशत (वा साविकको व्यवस्था अनुसार ५० प्रतिशत) पुर्‍याउन माग गरेको छ। भन्सार दर कम हुँदा आयातित चिनीसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उद्योगीहरूको गुनासो छ।

    images
    images

    किसानको भुक्तानीमा समस्या पर्ने चेतावनी

    इस्टर्न सुगर मिलका सञ्चालक विशाल अग्रवाल र इन्दुशंकर चिनी उद्योगका सञ्चालक विमल केडियाले चिनी बिक्री नभए किसानलाई उखुको भुक्तानी दिन नसकिने चेतावनी दिएका छन्। गत आर्थिक वर्षमा १ लाख ८२ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा अझै ठूलो परिमाण गोदाममै थन्किएको छ।यस वर्ष २ लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन हुने प्रक्षेपण गरिएको छ। यदि समयमै बिक्री व्यवस्थापन नभए ६० अर्बको लगानी जोखिममा पर्ने र आश्रित १ लाख १५ हजार किसान परिवार तथा ३० हजार कामदार प्रत्यक्ष प्रभावित हुने संघको भनाइ छ।

    नेपाल चिनी उद्योग संघ को प्रेस विज्ञप्ति

    स्वदेशी उद्योगहरुवाट उत्पादित चिनीको विक्री व्यवस्थापन गर्ने तथा खुल्ला सिमानाका कारण भैरहेको चिनीको अनाधिकृत / अनियन्त्रित पैठारीलाई अविलम्व रोक लगाउनु पर्ने ।आ.व. २०८२/०८३ को आर्थिक ऐन मार्फत चिनीको आयातमा भन्सार महशुल साविकमा कायम रहेको ३०% मा ५०% घटाई १५% कायम गरिएबाट स्वदेशी उत्पादन चिनीको विक्री वितरण समयमा हुन नसक्नाले उखु किसान, कामदार कर्मचारीहरुका साथै स्वदेशी उद्योगहरु धरासायी हुन जाने तथा गत क्रसिङ्ग सिजनमा उत्पादित चिनी नै केहि उद्योगहरुमा हालसम्म पनि मौज्दातमा वाँकी रहेको र खुल्ला सिमानाका कारण हाल अत्याधिक मात्रामा भई रहेको चिनीको अनाधिकृत पैठारीले गर्दा चालु क्रसिङ्ग सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै विक्रि नभई मौज्दातमा रहन जाने व्यहोरा सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराउदछौ ।

    चिनी उद्योगहरुको वर्तमान स्थिति :

    संचालित चिनी उद्योगहरु : १३

    संलग्न उखें कृक्षक परिवार: करीव १,१५,७५५

    रोजगारी: प्रत्यक्ष/अप्रत्यक्ष करीव ३०,५३५

    गत क्रसिङ्ग २०८१/०८२ सिजनमा उखें क्रसिङ्ग र चिनी उत्पादन :

    गत क्रसिङ्ग सिजनमा २,१५,७२,१४८ क्वि. उखु क्रसिङ्ग गरीएको ।

    गत क्रसिङ्ग सिजनमा १८,२५,३३२ क्वि. चिनी उत्पादन भएको ।

    चिनीको सरदर रिकभरी ९ प्रतिशत

    गत क्रसिङ्ग सिजनमा चिनीको अत्याधिक मात्रामा अनाधिकृत पैठारी भएको हुँदा चिनीको उपलव्धतामा उपर्युक्त स्वदेशी माग एंव स्वदेशी उत्पादनको तथ्याङ्कवाट समेत स्पष्ट देखीन्छ ।गत क्रसिङ्ग सिजनमा उत्पादित चिनी विक्री हुन नसकि चालु क्रसिङ्ग सिजनमा उद्योग संचालनमा आउदा समेत केहि उद्योगमा चिनी मौज्दातमा रहन गएको छ ।

    देशमा चिनीको कुल माग एवम् क्रसिङ्ग वर्ष २०८२/०८३ को उत्पादन प्रक्षेपण :

    देशमा कुल चिनीको वार्षिक माग करीव २,५०,००० मे. टन

    चालु क्रसिङ्ग सिजन २०८२/०८३ शुरु भै सकेको र उखु खेति गराउने व्यक्ति तथा उखु कृषकहरुवाट प्राप्त सुचनाको आधारमा अनुमानित करीव २,४५,००,००० क्वि. उखु क्रसिङ्ग गरी करीव २,२७,५८० मे.टन चिनी उत्पादन हुने प्रक्षेपण गरीएको ।

    चिनी उत्पादनमा देश आत्मनिर्भर हुन उखु कृषकहरु तथा चिनी उद्योगको संरक्षणका लागी तपसिलमा उल्लेखित कुराहरुलाई मध्ये नजर गरी चिनीको आयातमा कायम भन्सार महशुल पुनः वृद्धि गरिनु पर्ने। साथै वार्षिक उपभोक्ता परिमाण र स्वदेशी उत्पादनको परिमाण एकिन पश्चात नपुग परिमाण भएमा मात्रै कोटा निर्धारण गरी आयात गर्ने अनुमति दिनु पर्ने ।आर्थिक वर्षको वजेटवाट चिनीमा कायम भन्सार महशुलमा ३०% मा ५०% घटाई १५% कायम गरीसकेको हुँदा अव कुनै पनि संगठित संस्था/निकायले आयात गर्दा हाल कायम भन्सार महशुलमा कुनै किसिमको छुटको व्यवस्था नहुनुपर्ने ।

    भन्सार महशुल घटाउदा भन्सारवाट अधिकृत रुपमा हुने गरेको आयातको नाममा वजारमा प्रशस्त मात्रामा अनाधिकृत चिनी आयात भई राजधानी लगायतका स्थानिय वजारमा समेत विक्री वितरण भै रहेको हुँदा ट्रेडर्सलाई आयातमा पूर्ण रुपमा प्रतिवन्ध लगाई उद्योगहरुवाट चैत्र मसान्तसम्म प्राप्त स्टक परिमाणलाई विश्लेषण गरी थप चिनीको आवश्यकता देखिएमा नेपाल खाद्य व्यापार के लि./साल्ट ट्रेडिङ्ग करपोरेशन लि. मार्फत मात्र चिनी आयातको अनुमति दिनु पर्ने ।विगत आ.व. २०७३/०७४ मा सरकारले चिनी आयातमा भन्सार महशुल घटाउदा ठुलो परिमाणमा चिनी भारत र पाकिस्तानवाट आयातित भएको कारण स्वदेशी उत्पादन समयमा नै विक्री हुन नसकि ठुलो परिमाणमा चिनी उद्योगमा मौज्दात रहेको कारण समयमा नै कृषकहरुलाई भुक्तानी गर्न नसकिएको तथा केहि चिनी उद्योगहरु बन्द नै हुन पुगेको ।उखें कृक्षकहरुलाई विगत ४/५ वर्ष देखी चिनी उद्योगहरुवाट भै रहेको उखुको नियमित एंव सहज भुक्तानीमा समेत गम्भिर प्रतिकुल असर पर्न जाने ।

    विगतमा अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभई मौज्दात रहन गई कृषकहरुलाई समयमा नै भुक्तानी गर्नमा गम्भिर समस्या उत्पन्न भई केहि उद्योगहरु बन्द नै भएको व्यहोरा स्मरण गराउदै न्युनतम भन्सार महशुल, छिमेकी मुलुकहरुले निर्यातमा अनुदान दिई आयात हुने चिनी तथा अनाधिकृत/अनियन्त्रित रुपमा चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनीको बिक्री वितरणमा प्रतिकुल असर परी चिनी स्टक रहन जाने जसवाट कृषकहरुलाई समयमा नै उखुको मुल्य भुक्तानी गर्न, बैङ्कहरुको सांवा व्याज तिर्न उद्योग असमर्थ हुने र आगामी क्रसिङ्ग सिजनमा समयमा नै उद्योग संचालन हुन नसक्ने जसवाट लाखौ लाख कृषकहरुको भविष्य समेत अन्यौलमा पर्न गई उखु कृषकहरु र चिनी उद्योगहरु थप संकटग्रस्त हुन जाने व्यहोरा अवगत गराउदै स्वदेशी उद्योगहरुवाट उत्पादित चिनीको समयमा नै विक्री वितरण हुने व्यवस्थाको लागी खुल्ला सिमानाका कारण अनाधिकृत/अनियन्त्रित रुपमा भैरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन सम्वन्धित सरोकारवाला निकायहरुमा यस संघ जोडदार माग गर्दछौं ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend