images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा १...

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा १ करोड १ लाख योगदान

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा १ करोड १ लाख योगदान

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौं l भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १ करोड १ लाख सहयोग उपलब्ध गराएको छ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्री सुरेशलाल श्रेष्ठले आज मिति २०८२।०९।२१ गते सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री श्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।

    images
    images

    चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा अर्थमन्त्री खनालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्‍याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए। यसैबीच, आजको मितिसम्म उक्त कोषमा जम्मा भएको रकम रु १३ करोड ३५ लाख ६५ हजार पुगेको जानकारी पनि दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend