images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहितको...

खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौँ । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत नौजनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साक्षी बुझ्ने आदेश दिएको छ ।श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित रकममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले निष्कर्ष निकालेको थियो ।

    images
    images

    अख्तियारले मुद्दा दायर गरेकाहरूमा तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, तत्कालीन सब इन्जियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।यस्तै, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा सबैजनासँग जनही २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend