images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • २ हजार १ सय रुपैयाँले घट्यो...

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ । 

    images
    images

    त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । शुक्रबार र शनिबार अन्तराष्ट्रिय बजारमा मूल्य सामान्य घट्दा यसको प्रभाव नेपाली बजारमा परेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend