images

२०८३ आश्विन १८ गते

images
images
images

पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेश क्याम्प पुनः स्थापना

पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेश क्याम्प पुनः स्थापना

images
images
शनिवार, पौष १९ २०८२
शनिवार, पौष १९ २०८२
  • भोजपुर, १९ पुसः यहाँको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनः स्थापना गरिएको छ । स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनःअस्थायी वेश क्याम्प स्थापना गरिएको हो ।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ गुल्म ९भोजपुर० अन्तर्गतको उक्त क्याम्प गत भदौ महिनादेखि हटाइएको थियो । जेनजी आन्दोलनपश्चात् गत भदौ महिनामा चखेवा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको वेश क्याम्प हटाइएपछि सुरक्षा संवेदनशील मानिने चखेवा तथा मुन्दुम पदमार्ग आसपासको क्षेत्रमा स्थानीयवासीले सुरक्षा चुनौती महसुस गर्दै आएका थिए । सशस्त्र प्रहरी बल–५ गुल्म भोजपुरका प्रमुख दिव्यराज कोइरालाले यसअघि सङ्गठनको निर्णयअनुसार क्याम्प जिल्लामा गाभिएको भए पनि वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुनःस्थापना गरिएको जानकारी दिनुभयो ।
     
    उहाँले सीमा सुरक्षासँगै स्थानीय नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताउनुभयो । पुस १९ गतेदेखि क्याम्प पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

    मुन्दुम पदमार्गसँगै भोजपुर र खोटाङ जिल्लाको सीमा क्षेत्रसमेत पर्ने भएकाले सुरक्षा सुनिश्चित गर्न क्याम्प पुनःस्थापना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । जिल्लादेखि केन्द्रसम्म निरन्तर समन्वय र पहलपछि क्याम्प पुनःस्थापना गर्न सफल भएको उहाँको भनाइ छ । विगतमा स्थानीयस्तरमै पाँच रोपनी जग्गा उपलब्ध गराएर क्याम्प स्थापना गरिएको जानकारी दिनुभयो ।

    images
    images

    “चखेवामा पुनःसशस्त्र प्रहरीको वेश क्याम्प स्थापना भएको छ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “विगतदेखि सञ्चालनमा रहेको क्याम्प हटेपछि पुनः स्थापना गर्न निकै मेहनत गर्नुप¥यो । जिल्लादेखि केन्द्रसम्म समन्वय गरेर यहाँको सुरक्षा संरचना पुनःस्थापित गर्न सफल भएका छौँ ।”

    क्याम्प पुनःसञ्चालनमा आएपछि चोरी तथा अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । अस्थायी वेश क्याम्प स्थापनासँगै चखेवा तथा आसपासका बासिन्दाले राहत महसुस गरेका छन् । 

    गाउँपालिका उपाध्यक्ष रमादेवी राईले क्याम्प पुनःस्थापनाले गाउँपालिकाको समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताउनुभयो । चखेवा पर्यटकीय क्षेत्र रहेकाले यहाँ सुरक्षाको उपस्थित अपरिहार्य रहेको उहाँको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend