images

२०८३ आश्विन १८ गते

images
images
images

क्यानले घटायो आन्तरिक हवाई भाडा, कुन गन्तव्यको कति ?

क्यानले घटायो आन्तरिक हवाई भाडा, कुन गन्तव्यको कति ?

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । इन्धनको मूल्यमा गिरावटसँगै आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ । देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक रुटमा हवाई भाडा घटाइएको हो ।बुधबार (पुस १६) नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा घटाएको हो ।काठमाडौं–माउन्टेन फ्लाइटको भाडा प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटाइएको हो ।

    images
    images

    काठमाडौं–भद्रपुरमा प्रतियात्रु १८० ले भाडादर घटाउँदै तीन हजार ८४५ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–विराटनगरमा १४० ले भाडादर घटाउँदै तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।काठमाडौं–जनकपुरमा एक हजार ६४५, काठमाडौं–भरतपुरमा एक हजार ३७० रुपैयाँ हवाई भाडादर कायम गरिएको छ ।काठमाडौं–पोखरामा दुई हजार ३०, काठमाडौं–भैरहवामा दुई हजार ६३५, काठमाडौं–नेपालगन्जमा चार हजार १७०, काठमाडौं–धनगढीमा पाँच हजार ६५५, काठमाडौं–तुम्लिङटारमा दुई हजार ३६०, काठमाडौं–सिमरामा एक हजार १५०, काठमाडौं–सुर्खेतमा चार हजार ४२० र काठमाडौं–राजविराजमा दुई हजार ६१५ रुपैयाँ भाडादर कायम गरिएको प्राधिकरणले जनाएको छ ।पोखराबाट हुने उडानमा पनि भाडा घटाइएको छ । अरू क्षेत्रीय रुटमा पनि हवाई भाडा घटाइएको छ ।

    हवाई भाडादरको सूची हेर्नोस्–

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend