images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट, यसरी...

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • रिलायन्स स्पिनिङ मिल्सको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।गोला प्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन्।बाँकी रहेको १८ कित्ता सेयर थप एक कित्ताका दरले बाँडफाँट गर्दा १८ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर पाएका हुन्।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

    images
    images

    जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने १३ हजार ८४२ आवेदन रद्द भएका छन्।कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो।उक्त आइपिओको प्रतिसेयर मूल्य ८२० रूपैयाँ ८० पैसा रहेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend