images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रस्तावमा‚...

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रस्तावमा‚ अर्थमन्त्री र स्वास्थ्यमन्त्री बीच छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रस्तावमा‚ अर्थमन्त्री र स्वास्थ्यमन्त्री बीच छलफल

images
images
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौँः भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका वरिष्ट अधिकारी बीच आज छलफल भएको छ।

    images
    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधासम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तरराष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो।

    परामर्शदाताले नेपालको आवश्यकताअनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधासम्पन्न अस्पताल निर्माण अघि बढाउने सहमति भएको अर्थमन्त्री पौडेलले जानकारी दिए। 

    images
    images

    नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधासहित अन्तरराष्ट्रिय स्तरको अस्पताल बनाउन आवश्यक भएकाले वीर अस्पताललाई थप विस्तार गर्न लागिएको उनले बताए। 

    स्वास्थ्यमन्त्री पौडेलले परामर्शदाता छनोट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने बताए। 

    बैठकमा निर्माण सम्पन्न भई सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमालगायत विषयमा पनि छलफल भएको थियो।

    विसं २०७३ मा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्न करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend