स्याङ्जाको मिर्मीमा जन्मिएका मनोज भट्टराईले आफ्नो माध्यमिक शिक्षा जन्मथलोमै पूरा गरेपछि काठमाडौंमा उच्च माध्यमिक तथा स्नातक अध्ययन सम्पन्न गरेका थिए। अक्टोबर २०१३ मा मास्टर डिग्रीका लागि अष्ट्रेलिया पुगेका भट्टराई हाल एक प्रतिष्ठित बहुराष्ट्रिय वित्तीय संस्थामा आईटी क्षेत्रमा कार्यरत छन्।
विगत केही वर्षदेखि पोडकास्ट सुरु गर्ने चाहना भए पनि स्रोत र सहकार्यको अभावका कारण योजना अघि बढ्न सकेको थिएन। तर अगस्ट २०२५ मा पोखराका प्रकाश सुवेदीसँग सहकार्य भएपछि उक्त योजना वास्तविकतामा परिणत भयो। एक महिनाभित्रै उनीहरूले स्टुडियो स्थापना गरी पहिलो एपिसोड सार्वजनिक गरेका हुन्।
‘साइलेन्ट पिक्स पोडकास्ट’ को मुख्य उद्देश्य अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई उपयोगी सूचना र व्यवहारिक ज्ञान प्रदान गर्नु हो। विशेषगरी नयाँ आगमन विद्यार्थी तथा आप्रवासीहरूले अष्ट्रेलियामा सामना गर्ने सांस्कृतिक, शैक्षिक र आर्थिक चुनौतीहरूलाई केन्द्रमा राखेर पोडकास्ट तयार गरिएको छ।
पोडकास्टमा अष्ट्रेलियाको रोजगार बजार, घर खरिद प्रक्रिया, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, अनलाइन सुरक्षा, विद्यार्थी जीवनका चुनौती लगायत विविध विषयमा छलफल गरिन्छ। यसले नयाँ आगमन नेपालीहरूलाई अष्ट्रेलियामा सहज रूपमा घुलमिल हुन सहयोग पुर्याउने विश्वास गरिएको छ।




.gif)





