images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • चालु आर्थिक वर्षको साउनसम्म ...

चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकहरुले दिए साढे ७१ अर्ब शेयर धितो कर्जा

चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकहरुले दिए साढे ७१ अर्ब शेयर धितो कर्जा

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म वाणिज्य बैंकहरुले साढे ७१ अर्ब रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपालमा हाल सञ्चालित २० वाणिज्य बैंकहरुले साउनसम्ममा ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेका हुन् । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक हेर्दा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा नै प्रवाह नगरेको देखिन्छ । यस अवधिमा नबिल बैंकले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । 

    सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । साउनसम्म यस बैंकले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । यस अवधिमा नेपाल बैंकले ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गर्दा सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ ।

    images
    images

    तथ्यांक अनुसार कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ८४ करोड ११ लाख रुपैयाँ, प्राइम बैंकले ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ शेयर धितो कर्जा दिएका छन् ।  

    त्यस्तै, यस शीर्षकमा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ दिएको छ । यस अवधिमा प्रभु बैंकले २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ र हिमालयन बैंकले १ करोड ९१ लाख ९५ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । 

    साउनसम्म एभरेष्ट बैंकले १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड १ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ५१ करोड २४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । यो शीर्षकमा नेपाल एसबीआई बैंकले ४२ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  

    3.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend