images

२०८३ आश्विन १८ गते

images
images
images

बर्दिबासमा भारतीय पाहुना खचाखच

बर्दिबासमा भारतीय पाहुना खचाखच

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • महोत्तरी, १७ पुसः इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् । 

    images
    images

    भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो । 

    “पछिल्ला एक दशकयता नयाँ वर्षका अवसरमा बर्दिबास भारतीय पाहुनाको छनौटमा पर्दै आएको छ । यसले यहाँका पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ, “भारतीय पाहुनाहरू नयाँ वर्षका अवसरमा उत्सव मनाउन आउँदा यताका धार्मिक तथा पुरातात्विक महत्त्वका ठाउँको अवलोकनमा समेत निस्कने गरेकाले प्रचारप्रसारसमेत भइरहेको छ ।”

    images
    images

    होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष तथा बर्दिबास–३ गौरीडाँडास्थित होटल गुञ्जका सञ्चालक गुञ्जबहादुर कार्कीले पनि नयाँ वर्षको स्वागतमा एक हजार बढी सङ्ख्यामा भारतीय पर्यटक बर्दिबासका विभिन्न होटलमा उत्सव मनाउन आएका बताउनुभयो । बर्दिबासका साना–ठूला सबैजसो होटलमा भारतीय पाहुना रहेका उहाँको भनाइ छ ।

    बर्दिबासबाट घुमफिर गर्न चुरेसम्म जान सकिने, वनक्षेत्र र प्राचीन धार्मिकस्थलको अवलोकन गर्न पाइने हुँदा उत्सव मनाउन यो ठाउँ मन परेको भारतीय पर्यटक बताउँछन् । सीतामढीबाट सपरिवार नयाँ वर्ष उत्सव मनाउन यहाँ आउनुभएका हरिओम शरण नारायण यहाँ आएपछि मन प्रफुल्ल हुने र एक÷दुई दिन भए पनि कोलाहलबाट पर रहेको अनुभूति हुने गरेको सुनाउनुहुन्छ । 

    यस अवसरलाई मनोरञ्जनपूर्ण बनाउन यहाँका होटलले सांस्कृतिक कार्यक्रमसँगै मधेसका विभिन्न परिकार पस्कने गरेका छन् ।

    होटल व्यवसायी विष्णु थापाले नयाँ वर्ष आगमनको अवसरमा यस क्षेत्रमा दुई साता लामो शीतलहरले सेलाएको बजारमा चहलपहल बढाएको बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend