images

२०८३ आश्विन २८ गते

images
images
images

पैँचो पसलले मनायो ११औं वार्षिकोत्सव

पैँचो पसलले मनायो ११औं वार्षिकोत्सव

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • ग्रामीण कृषि उपजको उत्पादन, संकलन र बिक्री–वितरण गर्दै आएको पैँचो पसलले ११औं वार्षिकोत्सव मनाएको छ।'बसे पनि सहर, गाउँकै खाने रहर' भन्ने मूल नारासहित पैँचोले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित केन्द्रीय कार्यालयमा कृषकसँगै वार्षिकोत्सव आयोजना गरेको हो।कार्यक्रममा स्थानीय जनप्रतिनिधिले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै कृषकलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको बताए। 

    images
    images

    पैँचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले पहाडी भू-भागमा पनि कृषिमा सम्भावना रहेको पैँचोले प्रमाणित गरेको बताए।प्रबन्ध निर्देशक धुव्रराज न्यौपानेले पैँचोले रोजगारी सृजना र स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान दिएको उल्लेख गरे।वार्षिकोत्सवको अवसरमा पैँचोले सैयापोखरी, ढाव, जिमी, अस्लेवा र मुसिडाँडा किसान समूहलाई उत्कृष्ट किसान समूहका रूपमा सम्मान गरेको छ। साथै, इमान सिंह रानालाई सर्वोत्कृष्ट कृषकको रूपमा सम्मान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend