images

२०८३ आश्विन १८ गते

images
images
images

त्रिभुवन विमानस्थलमा पुनः अव्यवस्थित हेलिकप्टर पार्किङ

त्रिभुवन विमानस्थलमा पुनः अव्यवस्थित हेलिकप्टर पार्किङ

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भित्र पुनः जहाज तथा हेलिकप्टर पार्किङको गम्भीर अव्यवस्था देखिन थालेको छ। केही समयअघि नालिनचोक क्षेत्रमा व्यवस्थापन हुँदै आएका हेलिकप्टरहरू फेरि विमानस्थल परिसरमै सारिएपछि पार्किङ चाप तीव्र रूपमा बढेको हो।विमानस्थल स्रोतका अनुसार सीमित स्थानमा जहाज र हेलिकप्टर अव्यवस्थित रूपमा पार्क गरिँदा सम्भावित दुर्घटनाको जोखिम बढ्दै गएको छ। विशेषगरी कनिष्ठ अधिकृतलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएपछि पार्किङ व्यवस्थापन कमजोर बनेको भन्दै आन्तरिक गुनासो चुलिँदै गएको छ।

    images
    images

    यसअघि सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा अधिकतम ११ वटा हेलिकप्टरलाई मात्र पार्किङ अनुमति दिने निर्णय गरिएको थियो। तर उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा र नियमन कमजोर रहँदा अवस्था नियन्त्रणबाहिर पुगेको विमानस्थल स्रोतको दाबी छ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक देबचन्द्रलाल कर्ण र त्रिभुवन विमानस्थलका ११ तहका महाप्रबन्धक टेकनाथ सिटौलाले वायुसेवा कम्पनीहरूलाई कडाइका साथ नियमन गर्न नसक्दा समस्या झन् जटिल बनेको बताइन्छ। नियम उल्लङ्घन गर्ने हेलिकप्टर तथा वायुसेवामाथि ठोस कारबाही नहुँदा अव्यवस्था निरन्तर बढ्दै गएको हो।

    उड्डयन क्षेत्रको प्रचलित मापदण्डअनुसार यस्ता संवेदनशील अन्तर्राष्ट्रिय विमानस्थलमा अनुभवी र वरिष्ठ नेतृत्व आवश्यक हुने भए पनि त्यसलाई बेवास्ता गरिएको आरोप छ। अनुभव र निर्णय क्षमताको अभावले वायुसेवा कम्पनीहरूले नियमलाई गम्भीर रूपमा नलिन थालेको गुनासो उठेको छ।एकै समयमा अन्तर्राष्ट्रिय, आन्तरिक, भिआइपी उडान र हेलिकप्टर सञ्चालन हुने विमानस्थलमा देखिएको अव्यवस्थाले यात्रु सुरक्षा र समग्र हवाई सुरक्षामै गम्भीर प्रश्न उठाएको छ। 
    उड्डयन विज्ञहरूले तत्काल स्पष्ट पार्किङ नीति, कडा नियमन र अनुभवी नेतृत्व आवश्यक रहेको चेतावनी दिएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend