images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङको आईपीओ यही साता बाँडफाँट...

रिलायन्स स्पिनिङको आईपीओ यही साता बाँडफाँट हुने

रिलायन्स स्पिनिङको आईपीओ यही साता बाँडफाँट हुने

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं।  रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ यहि साताको शुक्रबार बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको हो ।कम्पनीको आईपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन भएको कम्पनीको आईपीओमा ५ लाख ८३ हजार ९७५ जना आवेदकहरूबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता आईपीओ खरीद माग भएको हो।

    images
    images

    कम्पनीले थप सर्वसाधारण लगानीकर्तामा पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत र सर्वसाधारणमा ६० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले २०८० साल माघमै योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत सेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको सेयरमध्ये पनि १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।कम्पनीको आईपीओ १८ हजार ४९५ जनाले ५०।५० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्यका ३६ जनाले भने ५१।५१ कित्ता सेयर पाउनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend