images

२०८३ आश्विन १७ गते

images
images
images

अत्यधिक चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको भीड, पर्यटन र होटल व्यवसायमा चहलपहल

अत्यधिक चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको भीड, पर्यटन र होटल व्यवसायमा चहलपहल

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • मुस्ताङ, १६ पुस । अत्यधिक चिसोका बाबजुद मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल घटेको छैन। समुद्री सतहबाट करिब ३ हजार ८०० मिटर उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल मुक्तिनाथमा यस वर्ष जाडो याममा पनि दर्शनार्थीको संख्या स्थिर रहेको मुक्तिनाथ विकास समितिले जनाएको छ।

    images
    images

    समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालका अनुसार अघिल्ला वर्षहरूमा चिसो बढेसँगै दर्शनार्थीको संख्या घट्ने गरेको भए पनि यस वर्ष भने दैनिक औसत १ हजार ५०० जनासम्म दर्शनार्थी आउने गरेका छन्। हाल बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने गरेको छ।

    मन्दिर परिसरमा रहेका १०८ धारा र कुण्डमा स्नान गरी दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण चिसो मौसममा पनि भक्तजनहरूको आगमन जारी रहेको छ। चिसोबाट स्वास्थ्य समस्या हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विकास समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मीसमेत खटाएको छ।

    images
    images

    पर्यटकको निरन्तर आगमनसँगै मुक्तिनाथ आसपासका होटल तथा पर्यटन व्यवसाय फस्टाउन थालेका छन्, जसले स्थानीय अर्थतन्त्रलाई सकारात्मक प्रभाव पारेको छ। यहाँ स्वदेशीका साथै विदेशी, विशेषगरी भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिन्छ।

    हुम्लाबाट आएका सुन्दर राउत र जाजरकोटबाट आएका देवबहादुर रोकायाले धार्मिक आस्था र विश्वासका कारण कठिन चिसोका बीच पनि मुक्तिनाथ दर्शन गर्न आएको बताएका छन्।

    पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक सहज बनेपछि मुस्ताङमा पर्यटक आगमन बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म २ लाख ३ हजार २९२ आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको तथ्याङ्क छ।

    यसले धार्मिक पर्यटनसँगै स्थानीय व्यवसाय, होटल, यातायात र रोजगारीमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend