images

२०८३ आश्विन १८ गते

images
images
images

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ, १६ पुस । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड–२०२६’ तथा विश्व शान्ति सम्मेलन आयोजना हुने भएको छ।

    images
    images

    अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर दिगो पर्यटन, कला, संस्कृति तथा हिमाल संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष सत्यकला तामाङ लामाले मङ्गलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, “एभरेष्ट टुरिजम अवार्ड नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चबाट अघि बढाउने अभियान हो। दिगो पर्यटनबिना हिमाल जोगाउन सकिँदैन, हिमाल नरहे नेपालको पर्यटन पहिचान पनि रहँदैन।”

    images
    images

    गत वर्ष सफलतापूर्वक पहिलो संस्करण सम्पन्न भएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ। गत वर्ष पर्यटन क्षेत्रमा विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो।

    कार्यक्रमका प्रमुख सल्लाहकार नामगेल शेर्पाका अनुसार पर्वतारोही, आइसफल डाक्टर, मजदुर, पत्रकार, समाजसेवी, अनुसन्धानकर्ता लगायतलाई सम्मान गरिनेछ। यसका लागि निर्णयक मण्डलसमेत गठन गरिएको छ। अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।

    कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले विश्व शान्ति सम्मेलनमार्फत जलवायु सङ्कटबाट परेको प्रभावबारे आवाज उठाइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जलवायु सङ्कटका साझा चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु सम्मेलनको मुख्य उद्देश्य हो। नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर विश्वसमक्ष प्रस्तुत गर्नेछौँ।”

    सल्लाहकार महेश किरातीले पहिलो पटक सगरमाथा आरोहण भएको दिनको सम्झनामा दुवै कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार उक्त दिन पर्वतारोहणको ऐतिहासिक दिन मात्र नभई नेपाली गौरव र मानव साहसको प्रतीक पनि हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend