images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • कृषि व्यवसायीकरणका लागि ‘कार्यक्रम कार्यान्वयन कार्यविधि...

कृषि व्यवसायीकरणका लागि ‘कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लागू

कृषि व्यवसायीकरणका लागि ‘कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लागू

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौं- सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग गर्नेछ । मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदासम्बन्धी सूचना प्रवाह गरी आन्तरिक र अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पु¥याउने उद्देश्य कार्यक्रमको छ ।

    images
    images

    मौरीपालन तथा च्याउखेती समबन्धी व्यवसायिक, वैज्ञानिक एवम् नवीनतम प्रविधि तथा सूचनाको आदानप्रदान गर्न योगदान पु¥याउनेछ । मौरी मूल्य श्रृखला र च्याउखेतीमा आवद्ध कृषक, व्यवसायी, सेवाग्राही, सेवाप्रदायकलगायत सरोकारवालबीच व्यवसाइिक सम्बन्ध एवम् सहकार्य स्थापना गर्न सहयोग पुग्नेछ । नेपालमा उत्पादित विभिन्न प्रकारका मह तथा मौरीजन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिनेछ । मौरीपालनसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया गरिनेछ । राष्ट्रिय मह मेला सञ्चालन गरिनेछ ।

    राष्ट्रिय मह मेला व्यवसायिक कीट विकास केन्द्र, नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा मह मेला सञ्चालन गरिनेछ । त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ । खाद्यान्न, तेलहन, रैथानेलगायतका बालीको उत्पादन प्रवद्र्धन, बीउ संरक्षण तथा उत्पादन, कृषि जैविक विविधता संरक्षण तथा प्रवद्र्धन एवम् फार्म केन्द्रको संस्थागत सुदृढीकरण यस कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्ने, लाभग्राही छनौट गर्ने र सम्झौता गरिनेछ ।कार्यक्रमअन्तर्गत कृषक, कृषक समूह वा सहकारी, सामुदायिक बिउ बैंक वा अन्य संस्थालाई अनुदान सहयोग उपलब्ध गराएनेछ । फार्म केन्दहरु मार्फत फार्म बाहिरका स्थानमा उन्नत बिउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो कार्यविधि यही पुसदेखि कार्यान्वयनमा आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend