images

२०८३ आश्विन १७ गते

images
images
images

‘अविरल जनसाहित्य यात्रा’मा कवि डा धितालका कविता प्रस्तुत

‘अविरल जनसाहित्य यात्रा’मा कवि डा धितालका कविता प्रस्तुत

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौँ, १३ पुसः राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा मासिक रूपमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०५औँ शृङ्खलामा शनिबार चिकित्सक एवं प्रगतिवादी कवि डा सरोज धितालका एक दर्जन कविता प्रस्तुत गरिएका छन् ।

    images
    images

    कवि धितालका ‘आँसु’, ‘धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका कविता उहाँ आफैँ र सहयोगी कविहरू गौरी प्रधानले धितालका पचास वर्ष पुरानो ‘क्रान्तिकारी’ शीर्षकको र जीवनसङ्गिनी प्राज्ञ सुलोचना मानन्धरले ‘जेल परेकी बहिनी’ शीर्षकको कविता सुनाए।

    कवि तारानिधि भुर्तेलले ‘पैतालीस वर्ष अगाडि लेखिएको ‘हामी’ शीर्षकको, बिना सुवेदीले ‘बिदाइ’ शीर्षकको, शार्दूल भट्टराईले ‘अझै नजन्मेको सन्तानसित’ शीर्षकको, स्नेह सायमीले ‘स्फटिकको चिसोभित्रको इतिहास’ शीर्षकको, प्राज्ञ माधव प्रधानले छयालीस वर्ष अगाडि लेखिएको ‘जीवननदी’ शीर्षकको, तारक धितालले ‘विजय’ शीर्षकको र डा नन्दु उप्रेतीले ‘घामको सपना’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    images
    images

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं साहित्यकार रघुजी पन्तले पढ्ने संस्कृति नै समाप्त भएको तथा राजनीति सत्ताको खेलमा रमाउने प्रवृत्ति बढेको वर्तमान समयम सामाजिक रूपान्तरण अभियानलाई सघाउने साहित्य लेखिनु र पढिनुपर्नेमा जोड दिए।

    वाचित कवितामाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वकार्यकारी अध्यक्ष श्यामल अधिकारीले धितालका कवितामा विम्बको सुन्दर संयोजन, वैचारिकता र इमानको अभिव्यक्ति पाइने बताए । सङ्घका अध्यक्ष नर्मदेश्वरी सत्यालले सामाजिक रुपान्तरणमा डा धितालका कविता सामयिक भएको टिप्पणी गरे।

    सङ्घका महासचिव डा कृष्ण सुवेदीले कवि डा धितालको व्यक्तित्वबारे प्रकाश पार्दै सन् १९९१ मा चीनबाट जनरल सर्जरीमा स्नातकोत्तर उत्तीर्ण गरेर २०३४÷३५ सालदेखि नै साहित्यमा कलम चलाउँदै आउनुभएको बताउनुभयो । डा धितालका ‘उज्यालोको बीउ’ निबन्ध सङ्ग्रह, ‘आँसु र उत्सव’ कविता सङ्ग्रह, ‘झ्यालमा रमाउने सानी केटी’ तथा थप दुई अनुवाद कृति प्रकाशित छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend