images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सुनसरीका तीन सय सञ्चारकर्मी निःशुल्क दुर्घटना...

सुनसरीका तीन सय सञ्चारकर्मी निःशुल्क दुर्घटना बिमामा आवद्ध

सुनसरीका तीन सय सञ्चारकर्मी निःशुल्क दुर्घटना बिमामा आवद्ध

images
images
शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • धरान (सुनसरी), १२ पुसः नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील तीन सय जना सञ्चारकर्मीका लागि निःशुल्क दुर्घटना बिमा उपलब्ध गराउने भएको छ । आगामी फागुन ७ गते आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहको अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

    images
    images

    आज एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी बीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा तीन सय सञ्चारकर्मीकारु रु दुई लाख बराबरको निःशुल्क बिमा गर्ने सम्बन्धी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको रु दुई लाख बराबरको दुर्घटना बिमा गरिने छ । 

    बिमा योजना अन्तर्गत समाचार सङ्कलन (रिपोर्टिङ)को सिलसिलामा दुर्घटनामा परी घाइते भएमा रु एक लाखसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा रु दुई लाख प्रदान गरिने व्यवस्था गरिएको छ । बिमा सुविधा लिन सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चारसंस्थाको परिचयपत्र, प्रेस पास तथा सञ्चारगृहको सिफारिसपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

    images
    images

    गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिद्वारा आयोजना गरिएको ‘कोशी एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सुनसरीका तीन सय १४ जना सञ्चारकर्मीलाई रु एक लाख बराबरको दुर्घटना बिमा गरिएको थियो । यस वर्ष बिमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए।

    आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबीच बिमा सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिने अधिकारीले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend