images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्री-ओपन सेसनमा नेप्से परिसूचक ३.५८ ...

प्री-ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढ्यो

प्री-ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढ्यो

images
images
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन (बुधबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । ३.५८ अंकले बढ्दै नेप्से २५८४.३४ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    प्रिसेसनमा जम्मा ३७ कम्पनीको कारोबार भयो । यो सेसनमा १९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको स्थिर रह्यो ।

    प्रिसेसनमा विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ ।

    images
    images

    २९९७  कित्ता सेयर किनबेच हुँदा यो सेसनमा कारोबार रकम १४ लाख ३५ हजार ७५४ रुपैयाँ बराबरको भयो । जुन कारोबार रकम केही कारोबार दिनयताकै कम हो ।

    यसअघि सोमबार नेप्से ५७.०३ अंकले घटेको थियो । नेप्से झण्डै २ महिना अगाडिको अवस्थामा फर्किएको थियो ।

    निरन्तर गिरावटका बिच सोमबारको उच्च गिरावटले नेप्सेमा थप निराशाको संकेत दिएको थियो । यद्यपि, बुधबारको सुरुवाती कारोबारले भने केही सकारात्मक संकेत गरेको छ ।

    तथापि, आजको बजार कता जान्छ भन्ने भन्न सकिने अवस्था छैन । चाडपर्वको प्रभाव र धेरै लगानीकर्ता होल्डमा भएको कारण नेप्सेले लिने बाटो कता हो भन्ने यकिन देखिन्न ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend