images

२०८३ आश्विन २७ गते

images
images
images

दसैँमा नोटको जतन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

दसैँमा नोटको जतन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ, असोज २७। नेपाल राष्ट्र बैंकले दसैँमा टीका लगाउँदा दक्षिणाका रूपमा नयाँ नोट प्रयोग नगर्न तथा नोटको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    images
    images

    राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै दसैँमा दक्षिणाका रूपमा टीका लगाउँदा नयाँ नोट प्रयोग गर्नुको सट्टा सफा तथा सुकिला नोट प्रयोग गर्न अनुरोध गरेको हो।

    बैंकले नोटमा रंग लगाउने, केरमेट गर्ने, स्टिच लगाउने तथा अन्य कुनै पनि प्रकारले क्षति पुर्‍याउने कार्य नगर्न आग्रह गरेको छ। त्यस्तै, नोटलाई नच्यात्न, नभिजाउन तथा नकोर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।

    images
    images

    नोटलाई सफा, सुख्खा र सुरक्षित ठाउँमा राख्न आग्रह गर्दै बैंकले नोटको संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ।

    विजया दशमी–२०८३ को अवसरमा जारी सन्देशमार्फत राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने भुक्तानीलाई समेत प्रोत्साहन गरेको छ। बैंकले डिजिटल माध्यमको प्रयोग गर्न र नोटको जतन गर्ने बानी विकास गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

    राष्ट्र बैंकका अनुसार नोटको उचित संरक्षणले यसको गुणस्तर कायम राख्न र पुनः प्रयोगयोग्य बनाउन सहयोग पुर्‍याउँछ। दसैँजस्ता चाडपर्वमा दक्षिणाका रूपमा नोटको प्रयोग बढी हुने भएकाले नोटको संरक्षणमा विशेष ध्यान दिन आवश्यक रहेको सन्देशमा उल्लेख छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend