images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • पाँच महिनामा पौने ९ अर्ब रुपैयाँको...

पाँच महिनामा पौने ९ अर्ब रुपैयाँको विद्युतीय सवारी आयात

पाँच महिनामा पौने ९ अर्ब रुपैयाँको विद्युतीय सवारी आयात

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/८३) को पाँच महिनामा ८ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको छ। ती सवारी आयातबाट ५ अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांकले देखाउँछ।नेपालमा ३ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी आयात हुने गरेको छ। त्यसमध्ये चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको सवारी आयात भएको छ।

    images
    images

    विभागका अनुसार ५१–१०० किलोवाट क्षमताका २ हजार १६४ युनिट सवारी आयात भएको छ, जसको मूल्य ५ अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ बराबर रहेको छ।सबैभन्दा कम २०१–३०० किलोवाट क्षमताका ५ वटा सवारी आयात भएका छन्। कुल मूल्य ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेको विभागले जनाएको छ।५० किलोवाटसम्मका सवारी १ हजार २१५ युनिट आयात भएका छन्। यसको मूल्य २ अर्ब ७ करोड ३२ लाख ५७ हजार रुपैयाँ रहेको छ।

    नेपालमा चीन, भारत, थाइल्यान्ड, बेलायत, जर्मनी, कोरिया र अमेरिकाबाट विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकले देखाउँछ।जुनसुकै क्षमताका सवारी सबैभन्दा बढी चीनबाट आयात हुने गरेको छ। ५० किलोवाटसम्मका कुल १ हजार २१५ युनिट सवारीमध्ये चीनबाट ७०२ वटा र भारतबाट ५१३ वटा आयात भएको छ।यस्तै १०१–२०० किलोवाट क्षमताका सवारी चीनबाट ३८२, भारतबाट १४, बेलायतबाट १०, जर्मनीबाट ६ र कोरियाबाट २ युनिट आयात भएको छ।५१–१०० किलोवाट क्षमताका सवारी चीनबाट १ हजार ५३९, थाइल्यान्डबाट ३३१, भारतबाट २९३ र बेलायतबाट १ युनिट आयात भएको छ।२०१–३०० किलोवाट क्षमताका सवारी चीनबाट ४ र अमेरिकाबाट १ युनिट आयात भएको विभागले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend