काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) मार्फत साधारण शेयर बिक्रीमा ल्याउने भएको छ । संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जर सम्पन्न भएपछि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ । मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९:२५.६१ प्रतिशत कायम भएको थियो । यही असन्तुलन समायोजन गर्न लघुवित्तले थप साधारण शेयर सार्वजनिक गर्न लागेको हो ।
एफपीओअन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यसबाट संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।शेयर निष्काशन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ । इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।




.gif)



