images

२०८३ आश्विन १७ गते

images
images
images

पाँच महिनामा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको कन्डम आयात

पाँच महिनामा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको कन्डम आयात

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ ।

    images
    images

    मंसिर महिनामा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको उल्लेख छ  ।कात्तिकमा ७१  लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस आयात भएको थियो । यसैगरी २०८२ असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँको ११ लाख ६३ हजार ५२ पीस कन्डम आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend