images

२०८३ आश्विन १७ गते

images
images
images

पाँच महिनामा वीरगञ्ज नाका हुँदै भित्रियो ३ खर्ब ५९ अर्बका सामान

पाँच महिनामा वीरगञ्ज नाका हुँदै भित्रियो ३ खर्ब ५९ अर्बका सामान

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँ बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने ३ खर्ब ६ अर्ब १ करोड मूल्यबराबरका सामान भित्रिएको थियो ।

    images
    images

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताए ।  चालु आवको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, ३१ अर्ब ६५ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन्।त्यस्तै, २४ अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २२ अर्ब ८५ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend