काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । लाभांश पारित गर्नेलगायतका एजेन्डासहित कम्पनीले साधारणसभा बोलाएको हो । सभा यही पुस ३० गते काठमाडौंको शंखमूलमा रहेक अनमोल बैंक्वेटमा बस्नेछ ।सभामा कम्पनीको चुक्ता पुँजीको ०.३३३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्तावसमेत समावेश गरिएको छ। त्यसैगरी, कम्पनीको साधारण शेयरमा परिवर्तन हुनेगरी ऋणपत्र (डेबेन्चर) जारी गर्ने तथा त्यसबाट संकलित रकमको उपयोगसम्बन्धी प्रस्ताव, नयाँ सञ्चालक समितिको चयन/निर्वाचनका विषयमा पनि छलफल हुनेछ।
यसका अतिरिक्त कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा गर्दैछ । सार्वजनिक गरेको सूचनाअनुसार सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल तथा स्वीकृति, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदनलगायत विषयहरू प्रस्तुत गरिनेछ । साथै, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।वार्षिक साधारण सभामा सहभागी हुनका लागि कम्पनीको शेयरधनी दर्ता किताब असोज २१ गते एक दिनका लागि बन्द गरिनेछ।




.gif)



