images

२०८३ आश्विन १७ गते

images
images
images

जुम्लामा ठूली भैली सुरु

जुम्लामा ठूली भैली सुरु

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए ।

    images
    images

    पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच वटा जिल्लामा खेलिनेछ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैली खेल्ने चलन अहिले विस्तारै कम हुन थालेको स्थानीय हरिचन्द्र बुढाको भनाइ छ ।भैलीमा साथीहरु मिलेर नयाँ पहिरनमा सजिएर आफन्तजनका घरमा गएर भैलो खेल्ने चलन रहेको तिला– १ का स्थानीय कर्ण रावतले बताए । बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको यो भैली हिउँदे याममा खेलिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend