images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सर्वाधिक कमाउने चौथो फिल्म बन्दै ‘परान’...

सर्वाधिक कमाउने चौथो फिल्म बन्दै ‘परान’ ले मनायो ५१ औँ दिन

सर्वाधिक कमाउने चौथो फिल्म बन्दै ‘परान’ ले मनायो ५१ औँ दिन

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौँ । फिल्म ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन मनाउन सफल भएको छ । फिल्मले शनिबारबाट ३० बढी हलमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ हुन् । काकुले आइतबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म सफलताको खुसी सबै माझ बाँडेका छन् ।गत वैशाखयता ५१ औँ दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले उक्त उपलब्धि हासिल गरेका थिए । ‘परान’ले ५१  औँ  दिन पूरा गरेको अवसरमा निर्माण युनिटले शनिबार बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्यो । निर्माता रञ्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागि न्यानो कपडा वितरण गरियो । 

    images
    images

    पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दिक्षा चापागाईंले आश्रमलाई सहयोग गरेकोमा ‘परान’ टिमलाई धन्यवाद दिइन् । उनले केहि साता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरूलाई परान फिल्म समेत देखाएकी थिइन् ।फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गरेको छ । योसँगै फिल्मले ‘छक्का पञ्जा ४’, ‘जारी’ जस्ता फिल्मको व्यापारिक आँकडालाई उछिनेको छ ।

    अहिलेसम्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ । यो भन्दा धेरै कमाउने फिल्ममा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘कबड्डी ४’ (२१ करोड ४० लाख) र ‘पूर्णबहादुरको सारङ्गी’ (४६ करोड ८७ लाख) छन् । बाबु छोराको भावनात्मक सम्बन्धको कथामा निर्माण भएको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend