images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यमशीलता...

कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता

कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । कुमारी बैंक लिमिटेड र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तारका लागि सम्झौता भएको छ।सेवा, प्रक्रिया र रणनीतिक साझेदारीमार्फत दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले दुवै पक्षबीच सहकार्य भएको हो।सम्झौताअनुसार बैंक र वीनरकले लक्षित समुदायको उद्यमशीलता विकासमा संयुक्त रूपमा काम गर्नेछन्। यसमा वित्तीय साक्षरता अभिवृद्धि, उद्यमीको प्राविधिक र व्यवस्थापकीय क्षमता सुदृढिकरण तथा दिगो व्यवसायिक योजना निर्माणमा सहयोग गरिनेछ।

    images
    images

    कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यस सहकार्यले लक्षित समूहको वित्तीय समृद्धि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले बैंक यस्ता कार्यक्रममार्फत निरन्तर साथ रहने बताए।कुमारी बैंकले विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ। हाल बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend