images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • गत वर्ष काठमाडौँ महानगरपालिकाभित्र ३० हजार...

गत वर्ष काठमाडौँ महानगरपालिकाभित्र ३० हजार ७७९ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

गत वर्ष काठमाडौँ महानगरपालिकाभित्र ३० हजार ७७९ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् ।महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३२२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको हो ।

    images
    images

    यस्तै संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरुका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो । यस वर्ष ३९ वटा विद्यालयहरुले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे ।

    ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरे । शिक्षातर्फ यस वर्षका लागि ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपियाँ खर्च भएको विभागको भनाई छ ।  यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार रुपियाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपियाँ खर्च भयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend