images

२०८३ आश्विन १६ गते

images
images
images

सरकार–नागरिक बचाउ अभियानबीच वार्ता सुरु

सरकार–नागरिक बचाउ अभियानबीच वार्ता सुरु

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जारी वार्तामा दुवै पक्षका प्रतिनिधिहरू सहभागी छन्।

    images
    images

    सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी छन्। त्यस्तै, नागरिक बचाउ अभियानका तर्फबाट प्रेमदीप लिम्बु, देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर वार्तामा सहभागी भएका छन्।

    वार्ताको सहजीकरण अधिवक्ता विनोदमणि भट्टराई र लवण न्यौपानेले गरिरहेका छन्। सञ्चारमन्त्रीको सचिवालयका अनुसार वार्ताबाट निस्कने निष्कर्षपछि अभियानका संयोजक दुर्गा प्रसाई सहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग थप वार्ता गर्ने कार्यक्रम तय भएको छ।

    images
    images

    सरकारले राजनीतिक वातावरण सहज बनाई निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न वार्ता र संवादको प्रक्रिया अघि बढाएको जनाएको छ। यसै उद्देश्यका लागि केही दिन अघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो।

    कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित उक्त समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य छन्। समिति अन्तर्गत राजनीतिक दल तथा विभिन्न सरोकारवाला पक्षसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै वार्ता समिति गठन गरिएको हो। सोही समितिले आज नागरिक बचाउ अभियानका प्रतिनिधिसँग संवाद गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend