images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङ मिल्सले गर्‍यो साधारण सेयरको...

रिलायन्स स्पिनिङ मिल्सले गर्‍यो साधारण सेयरको बाँडफाँट

रिलायन्स स्पिनिङ मिल्सले गर्‍यो साधारण सेयरको बाँडफाँट

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीका लागि आरक्षित साधारण सेयरको बाँडफाँट गरेको छ । न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म भर्नपाउनेगरी खुलेको सेयरमा कुल २३ सय ११ जनाले सेयर पाएका छन् ।गत मंसिर २२ देखि २५ गतेसम्म खुलेको सेयरको आज बाँडफाँट गरिएको हो । जसमा १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा ३५ हजार १ सय २ जनाको आवेदन मात्र योग्य भएको छ । जसमा कुल १९ लाख ४४ हजार ३ सय ३० कित्ताको लागि आवेदन परेको थियो ।

    images
    images

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । यो बुक बिल्डिङ विधिको आईपीओ भएकोले आईपीओ बाँडफाँड हुँदा न्युनतम ५० कित्ताको दरले बाँडफाँड गरिएको छ । जसमा गोलाप्रथाबाट २ हजार ३ सय ११ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ४६ जनाले ५१ कित्ता शेयर पाएका छन् भने बाँकिले ५० कित्ताको दरले शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ ।

    कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसामा शेयर निष्काशन गरेको हो । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend