images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • इण्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको...

इण्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

इण्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • सुमात्रा । इन्डोनेसियाको सुमात्रा द्वीपका तीन प्रान्तमा गएको भीषण बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार २१८ जना मानिसहरू अझै बेपत्ता छन्।यी विपद्हरूले पूर्वाधारमा पनि व्यापक क्षति पुर्‍याएको छ। बीएनपीबीको तथ्यांकमा करिब १ हजार २ सय सार्वजनिक सुविधाहरू क्षतिग्रस्त भएका छन्। यसमा २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक संस्था, ४३४ पूजास्थल, २९० कार्यालय भवन र १४५ पुलहरू समावेश छन्।

    images
    images

    बीएनपीबीको डाटा तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले उप-जिल्ला स्तरमा डाटा प्रमाणीकरण र नागरिक अभिलेखसँग क्रस-रेफरेन्सिङको काम जारी रहेको बताएका छन्। उनले पीडितहरूलाई नाम र ठेगानाअनुसार प्रमाणित गरिरहेको र केही जिल्लामा यो प्रक्रिया अझै जारी रहेको जानकारी दिएका छन्।यसैबीच, इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तोले आचे प्रान्तका विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायका विभिन्न आधारभूत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend