images

२०८३ आश्विन १६ गते

images
images
images

यामाहाले बुटवलमा खोल्यो नयाँ शोरुम

यामाहाले बुटवलमा खोल्यो नयाँ शोरुम

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • २८ मंसिर, काठमाडौं । यामाहा नेपालको बुटवलमा नयाँ ब्लु स्क्वायर शोरुम सञ्चालनमा आएको छ । यसको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ ।यो शोरुम अत्याधुनिक सुविधासहित रहेको र यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन रहेको कम्पनीले जनाएको छ । यसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनेछ ।

    images
    images

    शोरुम उदघाटन समारोहमा प्रमुख अतिथि यामाहा मोटर इन्डिया (निर्देशक) हिरोशी सेतोगवा सान, विशेष अतिथि एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल, वाईएमआईएस अतिथि राजदीप सिंह ग्रेवाल सान, एमएडब्लू राइड्सका सीईओ दीपक कुमार अग्रवाल लगायत प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।‘नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यसमा ब्रान्डको सम्पूर्ण थ्री एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधा उपलब्ध छ, जसले ग्राहकलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ ।’

    तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पाट्र्सको लागि डेडिकेटेड स्पेसले सुसज्जित यस शोरूमबाट बिक्रीपछिको सेवा प्रदान हुने कम्पनीले जनाएको छ ।‘ब्लु स्क्वायरमा ग्राहकले मोटरसाइकल, स्कुटर, एक्सेसरिज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन्’ कम्पनीले भनेको छ ‘यो आकर्षक वातावरणले ग्राहकलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउँछ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend