images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • असोज १८ यताको वर्षा र बाढीको...

असोज १८ यताको वर्षा र बाढीको क्षतिमा ४ अर्बको बिमा दाबी

असोज १८ यताको वर्षा र बाढीको क्षतिमा ४ अर्बको बिमा दाबी

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौँ । गत असोज १८ गतेयता अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म १ करोड ८७ लाख ९५ हजार रुपैयाँ बिमा भुक्तानी भएको छ । कम्पनीहरूले यही मंसिर १७ गतेसम्म ६७ वटा दाबीमा उल्लिखित रकम बराबर बिमा भुक्तानी गरेको बिमा प्राधिकरणले जनाएको छ ।वर्षा र बाढीले पुर्‍याएको क्षतिमा ७ सय ८१ वटा दाबीमा ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । त्यसमध्ये ६७ वटा दाबीको करिब पौने २ करोड रुपैयाँ मात्र बिमा भुक्तानी भएको हो ।

    images
    images

    परेका दाबीमध्ये सम्पत्ति बिमातर्फ ४ सय १० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३४ लाखमध्ये कुल २० वटा बिमा दाबीको करिब ८२ लाख ७४ हजार, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ १०६ वटा बिमा दाबीको करिब ५० करोड ३७ लाखमध्ये कुल ६ वटा दाबीको करिब २ लाख, कृषि तथा बाली बिमातर्फ २१० वटा बिमा दाबीको करिब ४ करोड १४ लाखमध्ये कुल ३१ दाबीको करिब १३ लाख र मोटर बिमा (निजी) तर्फ ४० वटा बिमा दाबीको करिब ३ करोडमध्ये कुल ९ वटा दाबीको करिब ८७ लाख बिमा दाबी रकम बिमितलाई भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको तथ्यांकअनुसार परेका दाबीमध्ये सामुद्रिक बिमातर्फ ३ वटा बिमा दाबीमा ९ लाख ८५ हजार रुपैयाँ दाबी परेको छ । जसमध्ये हालसम्म एउटा दाबीको करिब ३ लाख रुपैयाँ भुक्तानी भएको छ ।मोटर बिमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिब १ करोड ८ लाख र लघुबिमातर्फ २ वटा दाबीको करिब १२ लाख दाबी परेको छ । यी दाबीमध्ये हालसम्म कुनै पनि भुक्तानी भएको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend