images

२०८३ आश्विन १८ गते

images
images
images

बढ्दो उमेर कमजोरी होइन, अनुभव होः अभिनेत्री बसुन्धरा भुसाल

बढ्दो उमेर कमजोरी होइन, अनुभव होः अभिनेत्री बसुन्धरा भुसाल

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौँ, २८ मङ्सिरः अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स नामक चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्तति प्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौँ रमेर’को श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अभिनेत्री भुसालले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गरिन । 

    images
    images

    उनले भनिन, “बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बूढो होइन । यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ ।”

    अभिनेत्री भुसालले ढिलै भए पनि आफ्नो इच्छालाई पूर्णता दिएको भन्दै गायिका लक्ष्मी भुजेल महर्जनलाई गायन क्षेत्रमा निरन्तरता दिन आग्रह गर्नुभयो । “मैले अभिनयको सुरुआत गर्दा परिवार र समाज दुवैबाट साथ पाउन मुस्किल थियो । समाजले मेरो अगाडि प्रसंशा गरे पनि कुरा काटेको पनि सुनेकी छु । अहिले गायिका महर्जनलाई झन्डै ५० वर्षको उमेरमा परिवारले नै साथ दिएर गायिका बनाएको सुन्दा खुसी लाग्छ । हाम्रो समाजले कलालाई झन् धेरै सम्मान गर्न लागेको अनुभूति हुन्छ”, उनको भनाई छ ।
     
    अभिनेत्री मिथिला शर्माले गायिका महर्जनको आँटलाई देखेर आफू प्रभावित भएको बताईन । उनले गायिका महर्जनको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरिन । “उमेरले हामीलाई केहीमा रोक्न सक्दैन भन्ने एउटा उदाहरण नै गायिका महर्जन हुनुहुन्छ । हामी अहिले पनि आफ्नो काम गरिरहेका छौँ, त्यसैले बढ्दो उमेरसँग डराउने नभई रमाउने हो । आफ्नो कर्ममा इमान्दारिताका साथ लाग्नुपर्छ, यो सन्देश गीतले दिएको छ”, उनको भनाई छ ।

    images
    images

    गायिका महर्जनले बाल्यकालदेखि नै गायनमा रूचि भए पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको बताईन । पछिल्लो समय दिदी सुशीला भुजेलले रचना गर्नुभएको शब्दमा स्वर भर्ने गायिका खोज्दै गर्दा सङ्गीतकार शिव शाहीले गीत गाउन प्रेरणा दिनुभएको गायिका महर्जनले स्मरण गरिन ।

    “मैले परिवारलाई समय दिएँ, किनकि त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पूरा गरेकी छु । मैले यत्तिकै ‘डमी’ गाएकी थिएँ, हामी अर्कै स्वर खोजिरहेका थियौँ । सङ्गीतकार शाहीले मेरो स्वरमै सुहाउँछ भनेपछि मैले गएकी हुँ । यो सुरुआत हो, मैले पहिलो पाइला टेकेकी छु”, गायिका महर्जनले भनिन ।

    सार्वजनिक गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मासँगै कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सविना महर्जन, उर्मिला जोशी, सृजना मानन्धर, लीला कट्टेल, जिभिसनमान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्रमान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापा लगायतले अभिनय गरेका छन् ।
     
    सङ्गीतकार शिव शाहीको कर्णप्रिय सङ्गीतमा तयार भएको उक्त गीतको श्रव्यदृश्यमा भवानी शिलाकारले छायाङ्कन, प्रिया कार्कीले शृङ्गार र रवि सायमीले सम्पादन तथा निर्देशन गरेकाछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend