images

२०८३ आश्विन १८ गते

images
images
images

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

images
images
शनिवार, मंसिर २७ २०८२
शनिवार, मंसिर २७ २०८२
  • भोजपुर, २७ मंसिरः सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । 

    images
    images

    भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।

    वडाको रु छ लाख र प्रदेश सरकारको रु १० लाख गरी कूल रु १६ लाखमा यहाँ दुईतिरबाट बारा (रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय र वनभोज  स्थल निर्माण गरिएको छ । “हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ”, वडाध्यक्ष तामाङले भने, “यो स्थान सुन्दर मात्र होइन, सदरमुकाम नजिक भएकाले पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावना छ, त्यसैले उपलब्ध स्रोतसाधनले भ्याएसम्मका संरचना तयार गरेका छौँ ।”

    images
    images

    यसवर्ष थप संरचना निर्माणका लागि वडाले रु एक लाख ५० हजार विनियोजन गरेको छ । काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष तामाङले बताए । बजेट अभावका कारण केही काम अधुरो रहेको उनको भनाइ छ ।

    काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्मका हिमश्रृङ्खला समेत अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा समेत घुमफिर तथा फोटो खिच्न आउनेको सङ्ख्या बढ्दो छ । विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको चहलपहल उल्लेख्य रूपमा देखिने गरेको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायीले यस क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने अपेक्षा राखेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend